एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न

कालिकोट । जिल्लाको खाडाँचक्र नगरपालिका वडा नं ७ को पिलिमा नेकपा माओबादी केन्द्रको भातृ संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “सम्पुर्ण मुक्तिकामी शिक्षक कर्मचारीहरु एक होऔं” भन्ने मुलनाराका साथ एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय कर्मचारी महासंघको आयोजनामा प्रदेश निर्वाचन क्षेत्र नं (क) कालिकोटको संयुक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको थियो । संगठनका प्रदेस समिति सदस्य तथा निर्वाचन क्षेत्र नं (क) का ईन्चार्ज टेक बहादुर शाहीको सभाअध्यक्षता पार्टीका केन्द्रीय सदस्य पुर्व सामान्य प्रसाशन मन्त्रि तथा तिन महिने रुपान्तरण अभियानका कालिकोट जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता पार्टीका जिल्ला समन्वय समिति संयोजक लक्ष्मी प्रसाद चौलागाई (सैलेन्द्र), संगठनका प्रदेश कमिटि सचिव टोप बहादुर शाही को विशेष आतिथ्यता, कर्मचारी संगठनका केन्द्रीय सदस्य रबिन्द्र चौलागाई, संगठनका जिल्ला सहअध्यक्ष अर्जुन आचार्य क्षेत्र नं (क) का चार वटै स्थानिय तहका जन प्रतिनिधिहरु, पार्टीका पदाधिकारीहरु, कर्मचारी संगठन, शिक्षक संगठनका पदाधिकारीहरु लगाएत सम्पुर्णको उपस्थितिमा कार्यक्रम सञ्चालन गरीएको थियो । कार्यक्रमको सञ्चालन नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनका  जिल्ला सचिव प्रकाश अधिकारीले गर्नु भएको थियो । पार्टीले सुरु गरेको तिन महीने जनता संग विशेष रुपान्तरण अभियान अन्र्तगत पार्टीको निर्देशन अनुसार संगठनको अवस्था र पछील्लो समय गरेका काम कार्यहरुको बारेमा जानकारी गराउने उदश्येले प्रशिक्षण कार्यक्रम आयोजना गरीएको संगठनका शुभकालिका गाउँ कमिटि अध्यक्ष जल बहादुर शाहीले बताउनु भयो । प्रशिक्षण कार्यक्रममा संगठनका चार वटा स्थानिय तहका अध्यक्षहरुले संगठनको पछिल्लो अवस्था र गरेका कामहरुको रिर्पोटिंङ गर्नु भएको थियो । साथै जाजरकोट सल्यान रुकुम जिल्लामा भुकम्प बाट भएको क्षेती र जनताको समस्यालाई समाधान गर्न संगठनले राहत उपलब्ध गराउनको लागी प्रत्येक मा.वि. शिक्षकले रु एक हजार, नि.मा.वि शिक्षकले रु. सात सय र प्रा.वि शिक्षकले रु.पाँच सय सहयोग गर्ने महत्वपुर्ण निर्णय समेत गरेको अध्यक्ष शाहीले बताउनु भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले माओबादी पार्टी समस्या र चुनौती संग लड्ने पार्टी भएकाले त्यो लडाई सम्पुर्ण शिक्षकहरुको सहयोग बाट मात्र सफल हुने बताउनु भयो ।

error: Content is protected !!