उखुको मूल्य तोक्न र बक्यौता रकमभुक्तानी माग्दै किसानको प्रदर्शन

कालिकोट । सर्लाहीका उखु किसानले आज शनिबार दिउँसो हरिवनमा उखुको बोट लाक्रा सहित विरोध प्रदर्शन गरेका छन्।उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले हरिवनमा उखुको लाक्रा बोकेर नारबाजीसहित जुलुस निकालेका हुन्।हरिवन बजारबाट सुरु भएको जुलुस ईन्दुशंकर चिनी उद्योग परिसर पुगेर पुनः हरिवन बजारमै आई विरोधसभा गर्दै करिब आधा घण्टा पूर्वपश्चिम् महेन्द्र राजमार्ग अवरोध गर्दै गरेका छन्।किसानलाई गुमराहामा राखेर यो सरकार उद्योगपतिको चाकडीमा लागेको कारण किसानले दुःख पाइरहेका छन्। यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतको आधारमा न्यूनतम मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने आफूहरुको माग रहेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताएका छन्।किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका बताईएको छ।धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन्। मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन्।चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको बताउनु भएको छ।

 

error: Content is protected !!