कालिकोट । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई हिजो राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका–२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २२ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।