कालिकोट । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले पुन हेर्ने भएको छ। उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुन हेरि पाउँ भन्दै निवेदन दिएको थियो । नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने गरी गरेको फैसलाविरूद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो। शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।