बराबरी खेलेर ललितपुरले झापासँग अंक बाँड्यो

कालिकोट । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको छ।दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुंगिएको हो ।यो खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक बाँडेका छन्। १० अंक बटुलेको ललितपुर तालिकाको दोस्रो स्थानमा रहेको छ।त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अंक लिएर पहिलो स्थानमा रहेको छ। ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अंक पाएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!