सुन्तला बेचेरै लाखौँ कमाउन थाले व्यवसायि

कालिकोट । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् ।नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ । यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिएका छन् ।गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पनि सङ्गोलमा रहेको १३ रोपनी पूर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राईले जानकारी दिएका हुन्।सोही गाउँमा २०५९ सालदेखि २६ रोपनीमा सुन्तला खेती गर्दै आएका राजु कट्टेलले वार्षिक सात लाखभन्दा बढीको सुन्तला बेच्दै आएको जानकारी दिए । हालसम्म बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी दिनमा वार्षिक १५ लाख बढी कमाइ गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।त्यस्तै वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला बेच्ने जानकारी दिए । पच्चीस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आएका राईले सिजनअनुसार दैनिक तीन देखि १२ जनालाई रोजगारसमेत दिँदै आएको जानकारी दिए । गतवर्ष २१ लाखको सुन्तला बेचेका राईले भने, “यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने सोचमा छु ।”विसं २०५२ देखि सुन्तला तथा फलफूलको व्यापार समेत गर्दै आएका राईले गाउँभरी सुन्तला खेती र व्यापारिक चहलपहलका कारण हाल गाउँमा करिब एक सयको हाराहारीले व्यापार सिकेर स्वरोजगार बनेको पनि जानकारी दिए ।सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेको बताउने राईले तल्लो सिप्तेनको लाँकुरे, शिलिङ्ग्वा गाउँका करिब ७० घर व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको जानकारी दिए ।अहिले सिप्तेन गाउँको प्राय हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् । पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।

error: Content is protected !!