जातीय विभेद हटाउन पालिकाको सहभोज, दलित र गैरदलितको एउटै भान्सा

कालिकोट । अघिल्लो वर्ष माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा ब्रतबन्धको भोज छोएको भन्दै एक जना दलित युवामाथि दुर्व्यवहार भयको थियो। आफूमाथि विभेद गरिएको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिय।उनलाई विभेद गर्ने अरु कोही नभएर सोही वडाका जननिर्वाचित सदस्य हरु रहेका थिए । परियारले वडा सदस्य रामजी लामिछाने, छिमेकीहरु सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध उजुरी दिएका थिय । दलितले भान्सा छोएको भन्दै रामजीले भोजमा पाकेका सबै खानेकुरा फालिदिएका थिए । त्यो घटनापछि गाउँमा छिमेकीबिचमै फाटो आयो ।त्यसपछि त्यहीँका जनप्रतिनिधिहरुले जुक्ति निकाले ‘सहभोज आयोजना गर्ने ।’ वडाबाट उक्त प्रस्ताव गाउँपालिकामा गयो । पालिकाले बजेट छुट्याइदियो । शुक्रबार रिभानमा पालिकाभरिका भद्र भलादमी बोलाएर सहभोज आयोजना गरिएको छ ।रिभानलाई राम्रो भनेर कसैले चिन्ने भएनन् । अलि वर्ष पहिले बाढीले घर बगाएर मान्छेको ज्यान गयो । पोहोर जातीय विभेदको त्यत्रो घटना भयो,’ त्यहाँका वडाध्यक्ष नारायण पौडेलले भने, ‘धन्न अहिले सहभोज राखेर पोहोरको मैलो पखाल्न पाइयो । अब गाउँमा जातीय विभेदलाई निरुत्साहित गर्न सहयोग पुग्छ ।’सहभोजमा दलित र गैरदलितले एउटै भाँडाबाट खाना झिकेर खाएका छन् । त्यसअघि स्थानीय अगुवा गमबहादुर विकले पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापालाई आफ्नै हातले तरकारी चखाए । ‘मन्त्रीलाई त्यत्रा मान्छेका अगाडि तरकारी खुवाउँला भनेर सोच्दै सोचिएन नि कहिलै पनि,’ उनले भने, ‘आज संसारै जितेजस्तो भएको छ ।’मन्त्री थापाले विभेद मान्छेबाटै भएकोले सुधार पनि मान्छेले नै गर्नुपर्ने बताए । ‘मान्छेको उत्पत्तिमा विभेद थिएन । विभेद हामीले नै गरेका हौँ,’ उनले भने, ‘पशुबस्तुले छोएको खान धक मान्दैनौँ, मान्छेले छोएको खाँदा गाह्रो मान्नुपर्ने कारण के छ रु’ उनले भने ।संविधानबाटै जातीय छुवाछुत बर्जित भएकाले व्यावहारिक रुपमा पनि विभेद अन्त्य हुनुपर्ने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सबै नागरिक समान हुन् भन्ने सन्देश दिनकै लागि सहभोज गरिएको बताए ।मान्छेमा जात कहाँ छ रुमहिला छन्, पुरुष छन् । अरु के छ उनले भने, ‘जसलाई काटे पनि रातै रगत आउँछ । अनि विभेदचाहिँ के को हो अब पालिकामा कसैले विभेद सहँदैन, कसैले विभेद गर्दैन ।उनले आगामी दिनमा पनि जनचेतनामुलक कार्यक्रम गरिरहने बताएका छन् ।

error: Content is protected !!