खाना पकाउन गएकी किशोरी बलात्कृत

कालिकोट। सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।घटनापछि शिक्षक यादव फरार भएका बताईएको छ । घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन् । उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ ।बलात्कार आरोपित शिक्षक यादव सिरहा नगरपालिका–१७ पटेर्वाका हुन् । उनले विज्ञान विषय पढाउँदै आएका थिए ।जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप बुझ्ने काम भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!