आज पनि सर्‍यो कांग्रेसको महासमिति बैठक

कालिकोट । नेपाली कांग्रेसको महासमिति बैठक चौथो पटक आज पनि सरेको छ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चौथो पटक महासमिति बैठक सारेको हो। महासमिति बैठक फागुन ७ देखि १० गतेलाई सारिएको छ।यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो तर सभापति शेरबहादुर देउवाले पुसमा जाडो धेरै हुने र माघमा हुने राष्ट्रियसभाको निर्वाचनलाई देखाउँदै महासमिति बैठक सार्न गरेको प्रस्ताव पारित भएसँगै चौथो पटक बैठक सरेको छ।महासमिति बैठकअघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ।

error: Content is protected !!