भारतसँग दक्षिण अफ्रिका पराजित

कालिकोट । कप्तान सूर्यकुमार यादवको कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ। योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा अल आउट भयको छ ।।दक्षिण अफ्रिकाका डेविड मिलरले सर्वाधिक ३५ रन बनाएका छन्। एडेन माक्ररम २५ रन बनाएका हुन्। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।भारतका कुलदीप यादवले ५ विकेट लिए। रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिएको बताईएको छ ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो। भारतका सूर्यकुमार यादवले ५६ बलमा एकसय रनमा अविजित रहे। यशस्वी जैसवाल ६० र रिंकु सिंह १४ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिएका छन्।

 

error: Content is protected !!