इजरायल आक्रमणमा परि १११ प्यालेस्टिनीको मृत्यु

कालिकोट । गाजापट्टीमा इजरायलको आक्रमणमा परि कम्तीमा १११ प्यालेस्टिनीको मृत्यु भएको छ। यो क्रममा कैयौँ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।गाजा शहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ जनाको मृत्यु भएको बताइएको छ।गाजापट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।अन्य विभिन्न भागमा मारिएका ४३ वटा शव दक्षिणी गाजापट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्‍याइएको मन्त्रालयले छ ।इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!