पैसा फिर्ता नगरेपछि सहकारीका बचतकर्ता धर्नामा

कालिकोट । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा परेका छन्। सहकारीले दुई वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्ना बसेको सहकारी पीडित संघर्ष समितिले जनाएको छ।समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता रहेका छन्। सहकारीमा बचतकर्ताको एक अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनको भनाइ छ।समितिले सहकारी विभाग नयाँ बानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण बिना धितो लगानी भएको थाहा पाएका थिए। त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन्। ६ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाएका छन्।सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म संघर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन्। धर्नापछि आजै भएको बैठकमा पनि संघर्ष समितिका नेतामात्र सहभागी भएर अरूलाई नराखिएको बताईएको छ । छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन्। सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले बताए। दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताएका छन् ।

 

error: Content is protected !!