बागमतीमा स्वास्थ्य सचिवको जिम्मेवारी खड्कालाई दिन सर्वोच्चको आदेश

कालिकोट । बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्कालाई सचिव पदमा काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।आज सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै तत्कालका लागि निर्णय कार्यान्वयन नगर्नसमेत आदेश दिएको छ।यसअघि १२ मंसिरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णयविरुद्ध खड्का गत मंसिर १९ गते सर्वोच्च अदालत पुगेका थिए। सोही रिटमा सर्वोच्चले आज अन्तरिम आदेश दिएको बताइएको छ ।