महेन्द्रनगरमा आज बाट निषेधाज्ञा जारी

कालिकोट । महेन्द्रनगर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँचजनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न समेत निषेध गरेको बताईएको छ ।