धनकुटामा केपी ओलीमाथि आक्रमणको प्रयास

 

कालिकोट । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन्।संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्।फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन्। उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए।महालक्ष्मी(५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेको बताईएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!