कालिकोट। नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईंले मोही र तलसिनको विवाद मिलाइदिन्छु भनी रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ललितपुरका सानुभाई थापाले जिल्ला प्रहरी परिसर काठमाडौँमा चौलागाईंविरुद्ध बैंकिङ कसुरमा जाहेरी दर्ता गराएका छन् ।आफू जग्गाको कारोबारी भएको र एउटा जग्गामा मोही र तलसिनको विवाद रहेकाले त्यो विवाद मिलाइदिन्छु भन्दै चौलागाईंले आफूसँग रकम लगेर विवाद पनि नमिलाइदिएको र रकम पनि फिर्ता नगरेको भन्दै थापाले प्रहरीमा जाहेरी दिएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँमा थापाले ८० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी दर्ता गराएका छन् ।थापाका अनुसार आफू जग्गाको कारोबारी भएको हुँदा कुनै जग्गामा मोही र तलसिनको विवाद भएकाले त्यो विवाद मिलाइदिने भन्दै चौलागाईंले ३ करोड ९२ लाख रुपैयाँ लिएका थिए । त्यसको ग्यारेन्टीबापत चौलागाईंले थापालाई ३ करोड १२ लाखको एउटा चेक र ८० लाख रुपैयाँको अर्को चेक उपलब्ध गराएका थिए ।