कालिकोट ।नेपाल सुपर लिग फुटबलमा स्पोर्टिङ इलाम एफसी, वीरगन्ज युनाइटेडसँगको खेलमा २(१ ले इलाम पराजित भएको छ।यससँगै वीरगन्जले लिगमा पहिलो जित निकालेको छ। खेलको १४ औं मिनेटमा सुरज बस्नेतले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका आशिष चापागाईंले गोल गरेका थिए। यससँगै इलामले पहिलो हाफको सुरुमै अग्रता बनायो।खेलको ३३ औं मिनेटमा भने वीरगन्जले बराबरी गोल फर्कायो। लामो पासको सदुपयोग गर्दै विशोन गुरुङले लिगमा पहिलो व्यक्तिगत गोल गरेर खेललाई पहिलो हाफमै बराबरीमा ल्याए। पहिलो हाफको बाँकी समय दुवै टिमका प्रयास गोलमा परिणत हुन नसक्दा खेल एक एक को बराबरी भएको थियो।दोस्रो हाफको निर्धारित ९० मिनेटसम्म पनि दुवै टिमले गोल गर्न सकेनन्। तर थपिएको अन्तिम मिनेटमा रेफ्री कबिन ब्यन्जनकारले दिएको पेनाल्टीमा विलियम ओपेकुल ओडूले गोल गरेपछि वीरगन्जले लिगमा पहिलो जित दर्ता गर्यो। त्यसपछि भने खेलमा तनाव उत्पन्न भयो।