वाई.सि.एल.नेपाल जिल्ला समिति कालिकोटको बिस्तारीत बैठक सम्पन्न ।

कालिकोट । जिल्लाको मान्म बजारमा नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल) नेपाल कालिकोटको तेस्रो बिस्तारीत बैठक सम्पन्न भएको छ । संगठनका जिल्ला संयोजक राज बहादुर वुढा पार्टीका केन्द्रीय सदस्य पुर्व सामान्य प्रसाशन मन्त्री तथा तिन महिने रुपान्तरण अभियान कालिकोट जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता पार्टीका जिल्ला समन्वय समिति संयोजक लक्ष्मी प्रसाद चौलागाई(सैलेन्द्र) को विशेष आतिथ्यता प्रदेश कमिटि सदस्य खड्क राज सेजुवाल, मान बहादुर भण्डारी (बासिन्दा) जय बहादुर महतारा (अटल) जिल्ला समन्वयन समिति सदस्य बिर बहादुर रावत, वाई.सि.एल नेपाल प्रदेश समिति सदस्यहरु जिल्लाका सम्पुर्ण पालिकाका ईन्चार्जहरु, अध्यक्ष ,पदाधिकारीहरु लगाएत सम्पुर्णको उपस्थितिमा बैठक सम्पन्न भएको हो । वाई.सि.एल.नेपाल जिल्ला समिति कालिकोटको आयोजनामा बिस्तारीत बैठक आयोजना गरीएको वाई.सि.एल नेपालका प्रदेश समिति सदस्य बिरेन्द्र खत्रीले जानकारी दिनु भयो । उक्त कार्यक्रमको सञ्चालन वाई.सि.एल नेपाल जिल्ला समिति सचिव दिपक बिष्टले गर्नु भएको थियो । पार्टीले सञ्चालन गरेको तिन महीने जनता संग बिशेष रुपान्तरण अभियान अन्र्तगत पार्टीको निर्देशन अनुसार संगठनले पछील्लो समय गरेका काम कार्यहरुको बारेमा जानकारी गराउने उदश्येले बैठक आयोजना गरेको थियो । साथै आगामी दिनमा संगठन बिस्तार र सुदृढीकरण गर्ने, सम्मेलन नभएका पालिकामा छिट्टै सम्मेलन गर्ने लगाएत थुप्रै निणर्य गर्दै बैठक सम्पन्न भएको ईन्चार्ज खत्रीले दिनुभएको छ । बैठकमा बोल्दै अतिथिहरुले वाई.सि.एल.नेपाल पुर्व जनमुक्ति सेनाको भुमिका निर्वाह गर्ने संगठन भएको संज्ञा दिनुभयो । कार्यक्रमको अन्तमा बोल्दै प्रमुख अतिथि बस्नेतले युवाहरुमा जो सुकैलाई आर्कषण गर्न सक्ने शक्ति भएकाले युवा शक्ति र वाई.सि.एल नेपाललाई रक्षा गर्न सके मात्र पार्टी बलीयो हुने धारण राख्नु भयो ।

error: Content is protected !!