जाजरकोटमा १४ अस्थायी घर निर्माण गरेर माओवादी केन्द्र शुभकालिका टिम फर्किए

कालिकोट । कात्तिक १७ गते राती गएको शक्तिसाली भुकम्पले जाजरकोट र रुकुममा ठुलो धनजनको क्षती पुगाएपछी अहिले नेकपा माओबादी केन्द्रका नेता कार्यकर्ता विभिन्न भातृ संगठनहरु वाई.सि.एल नेपाल, अखिल क्रान्तिकारीको नेतृत्वमा देशै भरीका स्थानिय तहहरु बाट समुह बनाएर ठुलो संख्यामा टोली राहत र पुर्ननिर्माणमा जुटेका थिय । यस्तै नेकपा माओबादी केन्द्र शुभकालिका गाउँकमिटिको टिमले १४ अस्थाई घर निमार्ण गरेर फर्केको छ ।

सान्नी त्रिवेणी गाउँपालिकाका प्रथम अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य, पार्टीको तिन महिने बिषेश रुपान्तरण अभियानमा शुभकालिका गाउँपालिका ईन्चार्जको जिम्मेवारी पाउनु भएका डम्बर बहादुर शाही (डि.बी) को नेतित्वमा मंसिर १३ गते आठ जनाको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ रिम्नामा पुगेर १४ गतेवाट अस्थाई घर निर्माणको काम सुरु गरेको थियो ।

निर्माणको काम सुरु गरेको ११ औ दिनमा सोमबार १४ वटा अस्थाई घर निर्माण गरेर टोली फर्कीएको ईन्चार्ज शाहीले बताउनु भएको छ । उहाँका अनुसार पार्टी जिल्लाको समग्र टिमले रिम्नामा काम गर्ने जिम्मा लिएको र अहिले सम्म कुल २१ वटा अस्थाई घर निर्माण गरेको पनि जानकारी दिनु भएको छ ।

error: Content is protected !!