नेकपा माओवादी केन्द्र निकट कर्नाटक राज्य समिति ब्याङलोरको बैठक सम्पन्न

नेकपा माओबादी केन्द्र निकट प्रवास नेपाली जनसम्पर्क विभाग कर्नाटक राज्य समिति ब्याङलोरको बैठक सम्पन्न भएको छ । संगठनका कार्यबाहक अध्यक्ष रुपेश सुनारको सभाअध्यक्षता, संगठनका ईन्चार्ज जग्मल सुनार, लगाएत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा चौथो पुर्ण बैठक सम्पन्न भएको संगठनका महासचिव मनिष सुनारले बताएका छन ।

गाउँपालिकामा रहेका अति जोखीम र विपन्न परिवारका विद्यार्थीहरुलाई आफ्नो दैनीक खाजा खर्चवाट कटौती गरेर रकम जम्मा गरी सहयोग गर्नुका साथै नेपाल तथा भारतमा रहेका आमनागरीक हरुका समस्याहरुको पहिचान गरी आफुले सके सम्मको सहकार्य समन्वय र सहयोग गर्ने उदश्येले २०८० भाद्र १० गते ब्याङलोरमा बहादुर सिंह बिश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय कर्नाटक राज्य समिति गठन गरीएको थियो ।

बैठकमा आगामी दिनमा संगठनले समाजसेवा र विपन्न नागरीकका बालबालिकालाई गर्ने सहयोगलाई अझै प्रभाबकारी ढंगबाट अगी बढाउने बिषयमा समेत छलफल भएको महासचिव सुनारले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!