नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत

कालिकोट । जाजरकोट भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघले राहत वितरण गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका समितिका पदाधिकारीहरुले जाजरकोट र रुकुम पश्चिमका दुबै जिल्लामा पुगेर राहत वितरण गरका हुन् ।जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्प पीडितहरू ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ वटा मृतकका र चार जना ज्येष्ठ नागरिकलाई गरी १२७ घरपरिवारलाई झोला, कापी–कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर,मण्डी, टोपी स्विटर लगायतका सामाग्री वितरण गरिएको बताईएको छ । यस्तै रूकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!