खडेरीले गर्दा जिम्बाब्वेमा एक सय हात्तीको मृत्यु

कालिकोट । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्तीको मृत्यु भएको छ ।जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले जनाएको छ।पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरू भएको छ।जसका कारण झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा हात्तीहरू मरेका हुन्। ‘कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको’ कोषले उल्लेख गरेको छ। संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ।

error: Content is protected !!