संखुवासभामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

कालिकोट । संखुवासभा जिल्लाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु –३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा भोटखोला गाउँपालिका –२ का रुकुमाका ३५ वर्षीय फुर्पु छिरिङ लामा कान्छा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।प्रहरी निरीक्षक लामिछानेका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका लामाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मकालु गाउँपालिका –५ नुममा गएराति मृत्यु भएको हो।मंगलबार बेलुका साढे ४ बजे भोटखोला गाउँपालिकाको गोलाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको प्रदेश १–०२–०५२ प ०४५२ नम्बरको मोटरसाइकल सडकभन्दा १ सय मिटर तल खसेको थियो। खाँदबारी –किमाथाङ्का सडक खण्ड कच्ची र खाल्डाखुल्डी भएका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ।मोटरसाइकल दुर्घटना परेर भोटखोला गाउँपालिका –४ का चालक ३२ वर्षीय तटुक शेर्पा घाइते भएका छन्। घाइते शेर्पाको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!