कालिकोट । भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका वेला एक व्यक्तिले हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ।संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए।सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदे लगत्तै उनीहरुले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए।हंगामा मच्चाउने दुवै जनालाई सांसदहरुले नियन्त्रणमा लिएका छन्भने हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन्।घटनालगत्तै संसदको बैठक स्थगित भएको छ। यस घटनासँग सम्बन्धित एउटा भिडियोसमेत सार्वजनिक भएको छ।सन् २००१ मा भारतको संसदमा भएको आक्रमणमा ५ जना बन्दुकधारीसहित १२ जनाभन्दा बढी मारिएका थिए। भारतले उक्त आक्रमण पाकिस्तानमा बसेका भारतविरोधी लडाकु समूहले गरेको र पाकिस्तानले सघाएको आरोप लगाएको थियो।