जोखिम छ भन्ने थाहा हुँदाहुँदै स्वेच्छाले रुसी सेनामा भर्ती भयौँ’

कालिकोट । रुसी सेनामा कार्यरत एक नेपालीले देशको परिस्थितिका कारण आफूहरू उच्च जोखिम छ भन्ने जानेरै स्वेच्छाले रुस आएको बताएका छन्।‘डायमण्ड सी म्याग्देली’ फेसबुक एकाउण्ट रहेका म्यादी बेनीका ती नेपालीले देशमा शक्तिको वरिपरि रहेका मुठ्ठीभरका व्यक्तिको जगजगीका आफूहरू जोखिम मोलेरै रुसी सेनामा भर्ती भएको जनाएका छन्। तर यसमा कुनै पश्चाताप नभएको उनले उल्लेख गरेका छन्।लेखाइअनुसार उनी माओवादी पूर्वलडाकु हुन्। १० वर्ष युद्ध लड्दा पनि राज्यको चरित्र बदल्न नसकेकोमा उनले असन्तुष्टि पोखेका छन्। ‘हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झण्डै एक दशक रगत–पसिना बगाइयो। अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन’, उनले लेखेका छन्, ‘परिणामतः आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ। परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धा आज परिवार पाल्नकै लागि विदेशका गल्ली–गल्लीमा भौँतारिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ। यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ।’

 

 

error: Content is protected !!