कालिकोट । बाँके जिल्लामा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै पाँच महिनामा ४० जना पुरुषले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन्।उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन्। तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ। ‘अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्’,जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार ७५० वटा उजुरी दर्ता भएका छन्। अधिकांश घटनामा महिला पीडित रहेका छन्। अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन्।जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७र७८ मा ७३८, २०७८र७९ मा ८८९, २०७९र८० मा ८८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको ३३२ वटा उजुरी परेका बताईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताउनु भयो ।
‘