पहाडी भेगका ठाउँमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

 

कालिकोट । पहाडी भेगका ठाउँहरुमा अहिले आंशिक बदली रहेकोछ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!