नेपाल र भारत बिच खेल हुदै

कालिकोट । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारत खेल्दै छन् । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल विहान पौने ११ बजे दुबईमा हुने बताईएकोछ।गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने भएको छ ।

 

error: Content is protected !!