कालिकोट । लिड नेपालले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई ज्ञापनपत्र बुझाएको छ। लिडकी प्रमुख नुमा लिम्बू चञ्चला को नेतृत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहित र अधिकार प्राप्तिका लागि आज ज्ञापनपत्र बुझाइएको हो। यौनिक तथा लैंगिक अल्प संख्यकको सन्दर्भमा विभेदकारी कानुन भएको र संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा कार्यान्वयनमा ल्याउन माग राख्दै ज्ञापनपत्र बुझाइएको लिड नेपालकी प्रमुख लिम्बूले जानकारी दिनुभएको छ ।सार्वजनिक शौचालय निर्माण गर्दा आफूहरूको समुदायको अनुकूल अनुसार समेत संरचना निर्माण गरिनुपर्ने माग रहेको उनको भनाइ छ।ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या र चुनौतीबारे सकारात्मक रहेको बताए।