शान्नी त्रिवेणी गाउँपालिकामा पोषण कार्यक्रमकाको प्रगति तथा समिक्षा बैठक सम्पन्न ।

कालिकोट । जिल्लाको शान्नी त्रिवेणी गाउँपालिकामा आमा तथा वाल स्वास्थ्य र पोषण कार्यक्रमको पालिका स्तरिय प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । एमडि आई नेपाल कालिकोटको आयोजना विश्व खाद्य कार्यक्रम (UNWFP)को आर्थिक सहयोग तथा शान्नी त्रिवेणी गाउँपालिकाको समन्वयनमा समिक्षा कार्यक्रम आयोजना गरीएको थियो । गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहको सभाअध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाही, स्वास्थ्य शाखा प्रमुख मिन बहादुर बिष्ट,पोषण शाखा प्रमुख सुस्मिता शाही, गाउँपालिकाको रकु, मेहेलमुडी र मुम्रा स्वास्थ्य चौकी प्रमुखहरु गैर सरकारी संस्थाका प्रमुखहरु आमा तथा वाल स्वास्थ्य र पोषण कार्यक्रम सहजकर्ता दर्सना शाही लगाएको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको गाउँपालिका रोजगार शाखा प्रमुख मनराज सुवेदीले जानकारी दिनुभएको छ

तपाईको प्रतिक्रिया
error: Content is protected !!