कालिकोट । जिल्लाको प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सभाअध्यक्षता तथा जिल्ला स्थित सम्पुर्ण स्थानिय तहका प्रमुख, उपप्रमुखहरु, सम्पुर्ण राजनितिक दलका प्रमुखहरु बिभिन्न कार्यालयका प्रमुखहरु लगाएतको उपस्थितिमा बैठक सम्पन्न भएको वताईएको छ । आर्थिक बर्ष २०७७–७८ मा बाढी पहीरोबाट क्षेतिग्रस्त निजी आवास पुर्ननिमार्णको लागी पहिलो र दोश्रो किस्ता रकम उपलब्ध गराउने सम्बन्धमा छलफल गर्न बैठक बोलाईएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भएको छ । उक्त बैठेकमा राष्ट्रिय विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुनजन्य विपद् प्रभाबित निजि आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यबिधि २०७७ बमोजिम आ.व.२०७७–७८ मा मनसुनजन्य विपद्का कारण निजि आवास क्षेती भई NDRRMA Mobiles App मा सम्झौता भई सकेका लाभग्राहीहरु लाई निजी आवास पुर्ननिमार्णको लागी पहिलो किस्ता वापतको रकम रु पचास हजार भूक्तानी गर्ने निर्णय समेत भएको पनि सहायक प्र.जि.अ.अधिकारीले जानकारी दिनु भएको छ ।