शान्ति प्रक्रियाका काम टुंग्याउन लागेपछि सरकारमाथि षड्‌यन्त्र । प्रधानमन्त्री प्रचण्ड

कालिकोट। प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भन्ने दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्।आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्‌यन्त्रको नमूना पाएको बताएका छन्। उनले राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको बताएका हुन्। उनले भने, ‘अर्बौंको पहिला भएका भ्रष्टाचारका काण्डभन्दा एनसेलमा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ भनेर प्रचार भयो। म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचार र षड्‌‌यन्त्रको रूपमा त्यसलाई लिएँ। म राष्ट्र, जनता र लोकतन्त्रको हितमा दृढतासाथ अघि बढेँ। तपाईं हामी जनता र राष्ट्रको पक्षमा सत्य लेख्ने बोल्ने भएकाले यस्ता झूटा प्रचारको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितलाई आइतवार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताए। उनले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका गरेका छन्।

 

error: Content is protected !!