विराटनगरका अज्ञात समुह द्धारा युवकमाथि गोली प्रहार

कालिकोट । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा हिजो साँझ गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनको वायाँ तिघ्रामा गोली लागेको छ । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!