हुरीले छाना उडाउदा गाई गोठ भित्रै बस्न बाध्य।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छातीमा हावा हुरीले घरको छाना उडाउँदा आठ जनाको परिवार गाईगोठमा बस्न बाध्य भएका छन । गाउँपालिकाको वडा नं १ छातीका कला सुनारको परिवार यसरी गोठमा बस्न बाध्य भएको हो । हावा हुरीले घरको छाना उडाउदा गरीविको कारण समयमै छाना छाउन नसक्दा गत वर्ष असोजमा भएको भारी वर्षले घर समेत भत्कीन पुग्यो । बस्दै आएको घर समेत भत्कीए पछी ति आठ जनाको परिवार करीब ५, ६ महिना अर्काको घरमा श्रण मागेर बस्न समेत परेको थियो । कलाको परिवारमा ४ छोरा २ छोरी र श्रीमान सहीत आठ जनाको परिवार रहेको छ । श्रीमान पनि ६१ वर्षको भईसकेका छन भने अस्वस्थ समेत रहेका छन । घरको जेठी छोरीले १९ वर्षको उमेरमा विहे गरेर गई सकेकी छन भने अरु बालवच्चा सानै उमेर १३ वर्ष भन्दा तलका छन उनिहरु काम गर्न सक्ने अवस्था सम्मका छैनन । सुनारको कमाएर खान प्रयाप्त जग्गा जमिन समेत छैन । एउटा तरकारी लगाउने बारी बाहेक जग्गा जमिन नभएकी सुनार वाल वच्चा कसरी पाल्ने अनि पढाउने भनि चिन्तित छन । उनि भन्छन चिन्ताले राती निन्द्रा समेत लाग्दैन । गाई गोठ भित्र बसेर आठ जनाको परिवार पालि रहेकी सुनारको पिडा कति छन कति बुढेसकालले छोईसकेका श्रीमान मजदुरी गर्न जान खोज्छन तर असक्त भएका कारण उनलाई काममा कसले लगाउने । परिवार  पाल्न सारै गारो भएको उनको गुनासो रहेको छ ।

error: Content is protected !!