हिरासतमा रहेका विपक्षी पाँच नेताको मृत्यु

कालिकोट । बंगलादेशको विपक्षी दलले पछिल्लो दुई सातामा हिरासतमा रहेका आफ्ना पाँच सदस्यको मृत्यु भएको बताएको छ। बंगलादेश नेसनलिष्ट पार्टी बीएनपीले पछिल्ला दुई सातामा हिरासतमा रहेका आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको बताएको हो।बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व का साथै २० हजारभन्दा बढी राजनीतिज्ञ पक्राउ परेका छन्।प्रहरीले बीएनपीको गिरफ्तारीको संख्यालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन।कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही हजार समर्थकहरू कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।

error: Content is protected !!