नेपाल सुपर लिग फुटबलमा चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

कालिकोट । नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएर शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे । त्यसको एक मिनेटअघि भने चितवनका गोलकिपर विशाल श्रेष्ठले इबुकेबेको प्रहार बचाएका थिए । पछिल्लो पटक उनले अवसर नै पाएनन् । पहिलो हाफको इन्जुरी समयमा एजेकेलको प्रहार चितवनका डिफेण्डर अमुबारिक युसुफलाई लाग्दै क्रसबासमा ठोक्किएर बाहिर गएको थियो । खेलमा फर्किन प्रयासरत चितवन ८९ औं मिनेटमा भने गोल गर्न सफल भयो । नवयुग श्रेष्ठको पासमा रफिक अमिनुले गोल गरे । जितसँगै ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने चितवनको समान खेलबाट ५ अंक छ र अंक तालिकाको पनि पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!