लमजुङमा भोज खाएका एक जनाको मृत्यु , २९ जना बिरामी

कालिकोट । लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ । २९ जना बिरामी परेका छन् ।बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ मा रहेको क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र बारम्बार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । भोज खाएका त्यही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!