राजनीति दस्तावेज प्रस्तावनामा हस्ताक्षर गर्ने विषयले रास्वपामा लफडा

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद भएकोे छ । मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बसेको थियो । मंसिर ११ र १२ को बैठक सकिएपछि ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो । राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भएको थियो । १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई अन्तिम रुप दिन उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको छुट्टै बैठक बस्यो । ढकालको आग्रह अन्य सदस्यले स्वीकार गरेनन् । प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार तीन जनाले हस्ताक्षर माथि गर्नुपर्ने अरुले तल्लो भागमा किन ? यो प्रश्न सांसद गणेश पराजुलीले गरेका थिए । उनले महामन्त्री ढकाललाई प्रश्न गरेपछि अरुले पनि साथ दिए । विवाद थप बढेपछि महामन्त्री ढकाल चिढिएको उनले बताए । ‘नयाँ युगको संकल्प’ नाम दिइएको राजनीतिक दस्तावेज पार्टी स्थापना दिवस असार ७ मा सार्वजनिक गर्ने तयारी गरिए पनि विवादका कारण रोकिएको थियो । पार्टीको वैचारिक÷राजनीतिक दृष्टिकोण, प्रदेश संरचना लगायतमा विवाद भएपछि रास्वपा थप गृहकार्यमा लागेको थियो ।

error: Content is protected !!