युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल २ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ। नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ। नेपाल र अफगानिस्तान यू १९ को पछिल्लो पाँच भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ। आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी दुई टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ। ८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्। दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू १९ एसिया कपको उपाधिका लागि खेल्नेछन्। नेपाली टिमस् देव खनाल ९कप्तान०, गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।
सेतोपाटी बाट साभार