संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणले चिसो आकाशमुनि जीवन बिताउनुपरेको बताएको छ।मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित सर्वसाधारण रहेको जानकारी गराएको छ।इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि तिनीहरूमध्ये अधिकांश छिमेकी क्षेत्रबाट आएका बताइएको छ।‘हजारौँ विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्ट स्थापना गरेका छन्’, राष्ट्रसंघीय उक्त निकायले भनेको छ।धेरै प्यालेस्टिनीका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण शुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो।संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको करिब ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ। विस्थापितमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत तथा मानवीय मामिला हेर्ने निकायका १५१ सेवा सुविधाका लागि दर्ता गरिएको छ।हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गाजापट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार पाँच सय व्यक्तिको मृत्यु भएपछि गुटेरेसले आपत्कालीन बैठक बोलाएका थिए।
थाहा खबर बाट साभार