ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौं । ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ  पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए । उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

अनलाईन खबरबाट साभार