पत्रकार देवानलाई हातपात गर्नेमध्येका एकजना पक्राउ

 

विराटनगर : आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानमाथि बिहीबार आक्रमण गर्नेमध्येका रमेश रायलाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान–५ का रायलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न राय र अर्का अभिमन्यु यादवमाथि जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार कसुरमा जाहेरी दिइएको छ। देवानलाई रिपोटिङका लागि फोन गरेर मोरियान बोलाएका थिए।प्रहरीले आक्रमणमा संलग्न रायसँग अहिले प्रारम्भिक सोधपुछ गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दहालले जानकारी दिए।

थाहा खबर बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!