प्रधानमन्त्री आज धनगढी जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसोधनगढी जाने भएका छन्।कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन्।धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा दिउँसो १२ः३० बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने तय भएको जानकारी दिए।प्रचण्ड यसअघि कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।

थाहा खबर बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!