त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

Gold bars

काठमाडौं : त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

थाहा खबर बाट साभार

error: Content is protected !!