व्यवसायिक बाख्रा पालन सम्बन्धि कृषक लाई तालिम सुरु ।।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ मोल्फामा कृषक समुह हरुको लागि ३ दिने तालिम आज बाट सुरु भएको छ । शुभकालिका गाउँपालिका र खाडाचक्र नगरपालिकाका कृषक हरुलाई व्यवसायिक रुपमा पशुपालन सम्बन्धि ससक्तीकरण बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । पशुसेवा कार्यालय कालिकोटका प्रमुख धन बहादुर महतको सभाअध्यक्षता , खाँडाचक्र नगरपालिका वडा नं ६ की दलित महीला सदस्य डल्ली नेपालीको प्रमुख आतिथ्यता , वडा नं ६ का वडा सचिव दिनेश बहादुर शाही लगायतको उपस्थीतिमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा बाख्रा पालन व्यवसायको महत्वका बारेमा छलफल गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको आयोजनामा सञ्चालन भएको उक्त तालिम २३ गते सम्म चल्ने पशु सेवा कार्यालयका सुचना अधिकारी साथै कार्यक्रमका संचालक अकल बहादुर सेजुवालले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!