ग्राउन्ड ह्याण्डलिङको मुद्दामा प्राधिकरण र निगम आमनेसामने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङको मुद्दालाई लिएर यतिबेला दुई सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम आमनेसामने भएका छन् । हाल डोमेस्टिक (आन्तरिक) सहित अन्तर्राष्ट्रिय उडानको समेत सम्पूर्ण ग्राउन्ड ह्याण्डिलिङको अधिकार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम एक्लैले पाइहेको छ ।तर उक्त सुविधा खोसेर एकाएक खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत टेन्डरमा जाने बहस प्राधिकरणले उठाएसँगै निगम आक्रोसित बन्न पुगेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सँगै क्षेत्रीय विमानस्थल गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको समेत ग्राउन्ड ह्याण्डलिङको ठेक्का प्रतिस्पर्धात्मक प्रणालीमा लगाउने प्राधिकरणले जनाएको छ ।डिसेम्बर १ अर्थात् मङ्सिर १५ गते सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७९ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ सर्भिस) प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय भएको छ’ भन्ने सूचना सम्प्रेषण गरेको थियो ।एकाएक ग्राउन्ड ह्याण्डलिङको सुविधा खोस्ने निर्णय कहाँबाट आयो ? कहाँबाट को परिचालित छ ?’ निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीसँग भने, ‘यो सरासर निगममाथिको प्रहार हो ।’प्राधिकरणले यस लगत्तै डिसेम्बर ३ (मङ्सिर १७ गते) पुनः अर्को सूचना जारी गर्दै ग्राउन्ड ह्याण्डलिङ सर्भिस उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्र सम्बन्धी कागजातसमेत तयार पार्न निर्देशक सुनिल कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरिसकिएको बताएको छ ।यसले निगमको वार्षिक साढे ४ अर्ब रुपैयाँ बराबरको आम्दानी गुम्नेमात्र नभइ निगमकै भविष्य नै धराशायी पार्ने खेल सुरु भएको निगमको दाबी छ ।‘एकाएक ग्राउन्ड ह्याण्डलिङको सुविधा खोस्ने निर्णय कहाँबाट आयो ? कहाँबाट को परिचालित छ ?’ निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीसँग भने, ‘यो सरासर निगममाथिको प्रहार हो ।’वायु सेवा निगमले सुरुवातदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको अधिकार पाउँदै आएको छ । पछिल्लो पटक सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको समेत ग्राउन्ड ह्याण्डलिङको सुविधा वायु सेवा निगमले नै पाएको छ । तर, एकाएक प्राधिकरणबाट उक्त ठेक्का प्रतिस्पर्धात्मक प्रणालीमा जाने निर्णय गरेसँगै निगमको व्यवसायिकतामाथि संकट पैदा भएको हो ।यता, निगमलाई डुबाउने खेल सुरु भएको भन्दै निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

रातो पाटी बाट साभार

error: Content is protected !!