कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको सुकाटियामा व्यवसायिक कृषि उत्पादन र वजारीकरणमा सहभागिता । “दिगो एवम प्रविधि मैत्रि सहकारी हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ हिमचुली कृषि सरकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८० साल बैशाख १३ गते ११ औ सेवा कार्यालयको रुपमा स्थापना भएको संस्थाको बैशाख १४ गते फुलवारी उद्यमि महिला केन्द्र शाखाको पहिलो केन्द्र हो । हाल उक्त सेवा कार्यालय अन्तरगत ३९ वटा उद्यमि महिला केन्द्र र ४ वटा साधारण समुह रहेका वताईएको छ । सहकारीको ६०६ जना महिला सदस्य र ४४३ जना पुरुष सदस्य गरी कुल १०४९ जना सदश्य रहेको सेवा कार्यालय फिल्ड सहायक दिनेश फर्सालले बताउनुभएको छ । सहकारी संस्थाका अध्यक्ष, राष्ट्रिय सहकारी बैकका संचालक काली बहादुर महताराको सभा अध्यक्षता शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य (अनिल) को प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष धर्मकला शाही, संस्थाका संस्थापक अध्यक्ष काशीचन्द्र वरालको बिसेष आतिथ्यता नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य महारुद्ध आचार्य (महान) वडा अध्यक्षहरु राजनितिदलका प्रमुखहरु, पत्रकारहरु संचालक समितिका सम्पुर्ण पदाधिकारी साथै कर्मचारीहरु, सम्पुर्ण सेयर सदस्यहरु लगाएतको उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको । साधारण सभामा शाखा व्यवस्थापक सन्तोष भण्डारीलेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष कृष्णकला पाण्डेले गर्नुभएको थियो । विशेष गरी महिलाहरुमा केन्द्रित भएर महिला उद्यम समुह मार्फत बचत तथा ऋणको कारोवारका साथ अन्य कार्यक्रम अघि बढाउदै पिछडिएको वर्ग, महिला वर्गहरुलाई ससक्तीकरण गरेर अगाडी वढाउले उदेश्यले चौध वर्ष अगाडी स्थापना गरीएको संस्थाले अहिले जिल्ला भर १० वटा स्थानमा सेवा कार्यालय स्थापना गरेर सदस्य केन्द्रित सेवा सुविधा अगाडी बढाउदै आई रहेको छ ।