विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

 विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् । दिउँसो २स्१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।
अनलाईन खबरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!