कालिकोट । गएको कात्तिक १७ गते राती गएको शक्तिसाली भुकम्पले जाजरकोट र रुकुममा ठुलो धनजनको क्षती पुगाएपछी अहिले नेकपा माओबादी केन्द्रका नेता कार्यकर्ता विभिन्न भातृ संगठनहरु वाई.सि.एल नेपाल, अखिल क्रान्तिकारीको नेतृत्वमा देशै भरीका स्थानिय तहहरु बाट समुह बनाएर ठुलो संख्यामा टोली राहत र पुर्ननिर्माणमा जुटेको छ ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिकाका प्रथम अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य डम्बर बहादुर शाही(डि.बी) पनि यती बेला भुकम्प प्रभावित ग्रस्त ठाँउ जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ रिम्नामा अस्थाई टहरा निर्माण व्यस्त हुनुहुन्छ । पार्टीको तिन महिने बिषेश रुपान्तरण अभियानमा शुभकालिका गाउँपालिका ईन्चार्जको जिम्मेवारी पाउनु भएका शाही गाउँपालिकाबाट आठ जना टोलीको नेतृत्व गर्दै त्यहाँ पुग्नु भएको हो ।
उहाँका अनुसार मंसिर १४ गते बाट अस्थाई टहरा निर्माणको काम सुरु गरेकोमा आज विहान सम्ममा ६ वटा टहरा निर्माण भईसकेको र सांझ सम्म थप दुई वटा टहरा निर्माण गरी जम्मा आठ वटा टहरा निर्माण हुने वताउनु भएको छ ।