कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मान्म बजारमा व्यवसायिक कृषि उत्पादन र वजारीकरणमा सहभागिता । “दिगो एवम प्रविधि मैत्रि सहकारी हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ हिमचुली कृषि सरकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६५ साल भाद्र २५ गते स्थापना भएको संस्थाको पहिलो सेवा कार्यालय २०६७ साल जेष्ठ २ गते साविकको वडा नं ७ ताडीमा पहिलो मालिका हिमचुली महिला केन्द्र गठन गरी औपचारीक रुपमा महिला समुह कार्यक्रम सुरुवात भएको थियो । हाल उक्त सेवा कार्यालय अन्तरगत ६० वटा महिला केन्द्र र ३० वटा सहकारी समुह रहेका वताईएको छ ।
सहकारीको कुल सदस्य संख्या १२२७ जना रहेको छन । सहकारी संस्थाका अध्यक्ष, राष्ट्रिय सहकारी बैकका संचालक काली बहादुर महताराको सभा अध्यक्षता राष्कोट नगरपालिका पुर्व नगर प्रमुख संस्थाका संस्थापक अध्यक्ष काशीचन्द्र वरालको प्रमुख आतिथ्यता खाँडाचक्र नगर उप प्रमुख गणेश शाहीको विषेश आतिथ्यता वडा अध्यक्षहरु राजनितिदलका प्रमुखहरु, पत्रकारहरु संचालक समितिका सम्पुर्ण पदाधिकारी साथै कर्मचारीहरु, कार्यालय प्रमुखहरु सम्पुण सेयर सदस्यहरु लगाएतको उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको होे ।
साधारण सभामा मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कायक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष कृष्णकला पाण्डेले गर्नुभएको थियो । विशेस गरी महिलाहरुमा केन्द्रित भएर महिला उद्यम समुह मार्फत बचत तथा ऋणको कारोवारका साथ अन्य कार्यक्रम अघि बढाउदै पिछडिएको वर्ग, महिला वर्गहरुलाई ससक्तीकरण गरेर अगाडी वढाउले उदेश्य चौध वर्ष अगाडी स्थापना गरीएको संस्थाले अहिले जिल्ला भर १० वटा स्थानमा सेवा कार्यालय स्थापना गरेर सदस्य केन्द्रित सेवा सुविधा अगाडी बढाउदै आई रहेको छ । पच्चीस जना सेयर सदस्य वाट सुरु गरीएको संस्थामा अहिले १४६६४ जना सदस्य रहेका छन जनमा १०३४९ जना महिला र ४३४५ जना पुरुष रहेका छन भने सहकारीको कुल सेयर पुजी ७,५७,८७,६०० रहेको जनाईएको छ । सहकारीले अहिले वचत र ऋणलाई मात्र प्राथमिकता नदिई थुप्रै सेवा मुलक कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ ।